काठमाडौं । नेप्से सुचक तथा कारोबार रकम दुबै खुम्चिएको छ । अघिल्लो दिन ३२ दशमलव शुन्य आठ अंकले ओरालो लागेको शेयर बजार परिसुचक नेप्से साताको चौंथो कारोबार दिन बुधबार पनि ४६ दशमलव ७८ अंकले ओरालो लागेर २७ सय ९६ दशमलव ५७ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ३२ अंकले ओरालो लागेर चार सय ८१ दशमलव ३७ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय २९ वटा कम्पनीहरुको एक लाख १५ हजार पाँच सय ५० पटकको कारोबारमा तीन करोड ६० लाख ४९ हजार चार सय ५१ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम १३ अर्ब १८ करोड दुई लाख ५५ हजार एक सय ५७ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक झिनो अंकले बढेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।