काठमाडौं । कामना सेवा विकास बैंकले विसं २०८३ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले आधुनिक प्रविधिलाई मध्यनजर राख्दै उक्त क्यालेन्डरलाई डिजिटल माध्यमबाट उपलब्ध गराएको जानकारी दिएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत प्राप्त उक्त क्यालेन्डरमा पञ्चाङ्ग समितिद्वारा निर्धारण गरिएका विभिन्न तिथि तथा शुभमूहुर्ताहरूसमेत समावेश गरिएको छ, जसले सर्वसाधारणलाई धार्मिक तथा साँस्कृतिक कार्यहरूका लागि उपयोगी जानकारी प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।
उक्त डिजिटल क्यालेन्डर सहज रुपमा प्राप्त गर्नका लागि बैंकले क्यूआर कोडसमेत सार्वजनिक गरेको छ । सो क्यूआर कोड स्क्यान गरी बैंकका ग्राहक तथा सर्वसाधारणले २०८३ को क्यालेन्डर हेर्न तथा डाउनलोड गर्न सक्नेछन् । उक्त क्युआर कोड बैंकको सामाजिक सञ्जालहरू तथा वेभसाइटमार्फत् सार्वजनिक गरिएको बैंकले जनाएको छ ।