काठमाडौं । शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट १५ फाईभजी नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो ब्याट्री, उच्च प्रदर्शन र प्रिमियम फिचरसहित प्रयोगकर्ताका लागि एक उत्कृष्ट स्मार्ट फोन भएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो फोन तीन आकर्षक रंग ब्ल्याक, ग्लेसियर ब्लु र मिस्ट पर्पल कलरमा उपलब्ध छ । मिस्ट पर्पल कलर प्रयोगकर्तामाझ सबैभन्दा लोकप्रिय बनेको जनाईएको छ । रेड्मी सिरिजकै इतिहासमा सबैभन्दा पातलो यो डिभाइसले आकर्षक लुक प्रदान गर्दछ । यसको पातलो, हल्का र आकर्षक डिजाइनले स्टाइलका साथै प्रयोग गर्न पनि एकदमै सजिलो, सहज र आनन्द आउनेछ । रेडमी नोट १५ फाईभजीमा ५५२० मेगाहर्ज ब्याट्री रहेको छ, यसले झण्डै २ दिनसम्म चार्ज टिकाउने कम्पनीको दाबी छ । साथै उसमा भएको स्मार्ट चार्जिङ इन्जिनले ब्याट्रीको आयु लामो बनाउँछ भने ४५वाट टर्बो चार्जिङले छिट्टै फुलचार्ज हुन्छ । यसले एकै पटकमा २१ घण्टासम्म भिडियो प्ले वा १० घण्टासम्म भिडियो रेकर्डिङ गर्न सकिन्छ ।
कम्पनीका अनुसार यो फोनमा ६.७७ इन्च ओएलईडी डिस्प्ले र ३२०० निट्स ब्राइटनेस रहेको छ । यस्तै १८० एमपी मुख्य क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड क्यामेरा, र २० एमपी फ्रन्ट क्यामेरा रहेको कम्पनीले जनाएको छ । बिल्ट–इन इमेज स्टेबलाइजेसन र एआई सक्षम फिचरले व्यवसायिक स्तरको स्पष्टता र विवरण दिनेछ । ड्यल स्पीकर र एआई पोट्र्रेट, डायनामिक २.० जस्ता सुविधाले यस फोनमा रहेका छन् । कम्पनीक अनुसार रेडमी नोट १५ फाईभजी मजबुती ड्रप र वाटर–रेसिस्टेन्स प्रमाणित छ । यो स्मार्टफोनको मुल्य १२/५१२ जिबीको ४६ हजार ९९९ रुपैयाँ र ८/२५६ जीबीको ३९ हजार ९९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।