महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो महेन्द्रनगरबाट अत्तरियातर्फ गइरहेको बोलेरो जिप र विपरीत दिशाबाट आइरहेको मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
से १ ज १४०५ बोलेरो जिप र म २ प ३५०६ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले बताए ।
“घटनाको विस्तृत विवरण आउन बाँकी छ”, प्रहरी निरीक्षक थापाले भने, “मोटरसाइकल चालक र सवारको मृत्यु भएपनि पहिचान खुल्न सकेको छैन् ।” प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।