मकवानपुर । हेटौँडा नारायणगढ सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा हेटौँडाबाट चितवन जाँदै गरेको ट्रक र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको कन्टेनर एकापसमा ठोक्किँदा कन्टेनरका चालकको मृत्यु भएको छ ।
ना४ख ९९२३ नं को कन्टेनर र बाप्र ०३–००१ ख ०३९८ नं को ट्रक शुक्रबार एकापसमा ठोक्किएर घाइते भएका कन्टेनरका चालक सर्लाहीको बरहथवा नगरपालिका–१५ पिपराभिट्टाका ३८ वर्षीय गोविन्द चौधरीलाई स्थानीयले उद्धार गरी हेटौँडाको सिएमसि चुरेहिल अस्पताल पुर्याएका थिए । उनलाई चिकित्सकले तत्कालै मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ट्रक चालक चितवनको खैरहनी नगरपालिका–९ का ४२ वर्षीय धनेस्वर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।