काठमाडौं । मेटलाइफ नेपालले ललितपुरको पुल्चोकस्थित सिग्नेचर प्लेटिनम टावरमा आफ्नो नयाँ हेड आफिस उद्घाटन गरेको छ । नेपाली परिवारहरूलाई वित्तीय सुरक्षा र संरक्षण प्रदान गर्दै आएको २४ वर्षको यात्रामा यो महत्वपूर्ण उपलब्धि भएको कम्पनीले जानकारी दिएको छ । नयाँ हेड आफिसले मेटलाइफ नेपालको आधुनिक, चुस्त तथा भविष्यतर्फ उन्मुख संस्थाको रूपमा भएको विकासलाई प्रतिविम्बित गर्दछ । आधुनिक पूर्वाधार, एकीकृत प्रविधि प्रणाली तथा सहकार्यलाई प्रोत्साहन गर्ने कार्यस्थल संरचनासहित तयार गरिएको यस कार्यालयले कार्य सञ्चालनलाई अझ प्रभावकारी बनाउनुका साथै ग्राहकहरूलाई छिटो, सहज र उत्कृष्ट सेवा अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । यो केवल भौतिक विस्तारमात्र नभई प्रत्येक ग्राहकसँगको अन्तरक्रियामा विश्वास, स्पष्टता र द्रुत सेवाप्रतिको संस्थागत प्रतिबद्धताको अभिव्यक्ति पनि हो ।
मेटलाइफ नेपालको नयाँ हेड आफिसको सेवा विस्तारले ग्राहक वर्गमा सरल तथा सहज तरिकाले सेवा निर्धारण गर्ने विश्वास व्यक्त गरेको छ । नवप्रवर्तन, पारदर्शिता र ग्राहक–केन्द्रित सेवाप्रतिको प्रतिबद्धताका साथ कम्पनीले देशभरका परिवारहरूमा वित्तीय आत्मविश्वास सुदृढ बनाउँदै नेपालको बीमा क्षेत्रको विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।
उद्घाटन समारोहका अवसरमा मेटलाइफ नेपालले नियामक निकाय, क्षेत्रीय नेतृत्व, साझेदार तथा कर्मचारीहरूको निरन्तर सहयोगप्रति आभार व्यक्त गरेको थियो । समारोहमा संयुक्त राज्य अमेरिकाको दूतावासका चार्जे द अफेयर्स स्कट अर्बोम र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीलगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो । साथै, मेटलाइफका क्षेत्रीय नेतृत्व लिन्डन ओलिभर (एसिया क्षेत्रीय अध्यक्ष) र एलेना बुटारोभा (वरिष्ठ उपाध्यक्ष तथा बंगलादेश, मलेसिया, नेपाल र भियतनाम प्रमुख) पनि कार्यक्रममा सहभागी रहेका थिए । सो अवसरमा नेपाल बीमा प्राधिकरण, संयुक्त राज्य अमेरिकी दूतावास, एमच्याम नेपाल, साझेदार बैंकहरू, लघुवित्त संस्थाहरू, मेटलाइफको व्यवस्थापन टोली तथा एजेन्सी प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै मेटलाइफ एसियाका क्षेत्रीय अध्यक्ष लिन्डन ओलिभरले भने, ‘यो नयाँ प्रधान कार्यालयको उद्घाटन हामी सबैका लागि गर्वको क्षण हो, जसले नेपालप्रतिको मेटलाइफको दीर्घकालीन प्रतिबद्धतालाई झल्काउँछ । आधुनिक क्षमतासहित ग्राहक अनुभवलाई अझ सुदृढ बनाउने दिशामा यो नयाँ अध्याय हो, जहाँ सेवा, सहजता र हेरचाहलाई विशेष प्राथमिकता दिइएको छ । यस यात्रामा साथ दिनुहुने नियामक निकाय, साझेदार तथा समुदायप्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौं र आगामी दिनमा अझ आत्मविश्वासी भविष्य निर्माण गर्न सहकार्य गर्दै अघि बढ्ने अपेक्षा राख्छौं ।’
मेटलाइफको बारेमा :
मेट लाइफ इन्स्योरेन्स आफ्ना सहायक र सम्बद्ध संस्थाहरूसहित मेट लाइफ वित्तीय सेवा प्रदायक विश्वका प्रमुख कम्पनीहरू मध्येको बीमा, एन्युटी कर्मचारी लाभ योजनाहरू र सम्पत्ति व्यवस्थापनको सेवा प्रदान गरी व्यक्तिगत तथा संस्थागत ग्राहकहरूलाई अझ सुनिश्चित भविश्य निर्माण गर्न मद्दत गरिरहेको एक प्रमुख वित्तीय सेवा प्रदायक कम्पनी हो । सन् १८६८ मा स्थापित भएको मेट लाईफ विश्वभर ४० भन्दा बढी बजारहरूमा सञ्चालनमा रहेको छ र संयुक्त राज्य अमेरिका, एसिया, ल्याटिन अमेरिका, युरोप र मध्य पूर्वमा अग्रणी स्थान ओगटेको छ ।
मेटलाइफ नेपालको बारेमा :
मेट लाइफ इन्स्योरेन्सको सहायक संस्था, संयुक्त राज्य अमेरिकामा संस्थापित अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको शाखाको रूपमा सन् २००१ देखि नेपालमा सञ्चालन भइरहेको छ । नेपालमा यसले आफ्ना व्यक्तिगत तथा संस्थागत ग्राहकहरूलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामूहिक बीमाजस्ता बीमा योजनाहरू उपलब्ध गराउँदै आइरहेको छ ।