काठमाडौं । सामसङले नयाँ वायरलेस इयरबड ग्यालेक्सी बड्स४ प्रो नेपालमा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ इयरबडले उन्नत अडियो प्रविधि, एआई आधारित फिचर तथा ग्यालेक्सी इकोसिस्टमसँग सहज कनेक्टिभिटी प्रदान गर्नेछ ।
नयाँ इयरबडमा दुई–वे स्पिकर प्रणाली समावेश गरिएको छ, यसले गहिरो बास, स्पष्ट उच्च ध्वनि तथा हाई–रेजोल्युसन अडियो सपोर्ट प्रदान गर्ने कम्पनीले जनाएको छ । साथै, सुधारिएको एडप्टिभ एक्टिभ नोईज क्यान्सिलेसन(एएनसी) ले वरपरको आवाज पहिचान गरी स्वचालित रूपमा न्वाइज रिडक्सन स्तर समायोजन गर्नेछ । इयरबडमा उन्नत माइक्रोफोन र एआई आधारित न्वाइज रिडक्सन प्रविधि प्रयोग गरिएको छ, जसले भीडभाडयुक्त वातावरणमा पनि फोन कललाई स्पष्ट बनाउने बताइएको छ । यसका अतिरिक्त, इयरबडले ग्यालेक्सी डिभाइसहरूबीच सजिलै स्विच गर्न मिल्ने सुविधा, भ्वाइस असिस्टेन्ट एक्सेस, जेस्चर कन्ट्रोल र अटोमेटिक डिभाइस पेयरिङ जस्ता स्मार्ट फिचर प्रदान गर्ने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार ग्यालेक्सी बड्स४ प्रोको मूल्य ३३ हजार ९९९ रुपैयाँ तोकिएको छ भने ग्यालेक्सी बड्स४ को मूल्य २४ हजार ७९९ रुपैयाँ रहेको छ । कम्पनीका अनुसार ग्राहकहरूले इयरबडलाई सामसङ ग्यालेक्सी एस२६सँगै खरिद गर्दा २४ महिनासम्मको ईएमआई योजनामा पनि खरिद गर्न सक्नेछन् ।