प्रधानमन्त्री सुशीला कार्की पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना व्यक्त गर्न भक्तपुरको गुण्डु पुगेकी छन्।शुक्रबार बुबा गुमाएका ओली र उनको परिवारलाई समवेदना दिन प्रधानमन्त्री कार्की गुण्डुस्थित उनको निवास पुगेकी हुन्। उनका साथमा उनका श्रीमान् दुर्गा सुवेदी पनि पुगेका थिए। ओलीका बुवा मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको हो। प्रधानमन्त्री कार्कीले शोकसन्तप्त ओली परिवारप्रति समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेकी छन्।