काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से परिसुचक चार दशमलव ४५ अंकले उकालो लागेर २८ सय २४ दशमलव ९० बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुुन्य दशमलव ४१ अंकले उकालो लागेर चार सय ८६ दशमलव ८० बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ५० वटा कम्पनीहरुको एक लाख २४ हजार चार सय ९० पटकको कारोबारमा तीन करोड ९५ लाख ४९ हजार ३३ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम १४ अर्ब ३२ करोड ९६ लाख चार हजार तीन सय १५ रुपैंयाँ ९० पैसा कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबारछन् । जसमध्ये जीवन बीमा, होटल तथा पर्यटन, लगानी र सामुहिक लगानी कोष उपसमुहको सुचक खुम्चिएका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जीवन बीमा, लघुवित्त सहितका नौं वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।