काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरदेखि बैठक चलिरहेको छ।सरकारलाई जेनजी आन्दोलनबारे गठन गरिएको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बुझाएपछि यो पहिलो मन्त्रिपरिषद् बैठक हो। अहिलेसम्म उक्त प्रतिवेदन सार्वजनिक गरिएको छैन। प्रतिवेदन पूर्ण रूपमा सार्वजनिक गर्न दबाब लगातार बढ्दै गएको छ। बैठकमा यस विषयमा छलफल हुने र सरकारको आगामी कदमको रणनीति तय हुने सम्भावना छ।