राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा समानुपातिकतर्फका चार जना उम्मेदवारको नाम टुंगो लगाएको छ।आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीले पाएको चार सिटका लागि समानुपातिक उम्मेदवारहरूको नाम अन्तिम रूपमा चयन गरेको हो।
समानुपातिक सांसदका लागि राप्रपाबाट सिफारिस भएका नामहरू यसप्रकार छन्: भरत गिरी खस आर्य पुरुष (महोत्तरी), ताहिर अली मुस्लिम पुरुष (रुपन्देही), खुश्बु ओली खस आर्य महिला (झापा), र सरस्वती लामा जनजाति महिला (धादिङ)।
पार्टीले विविध जाति, समुदाय र लिङ्गको प्रतिनिधित्व सुनिश्चित गर्दै समानुपातिक सूची तयार गरेको बताइएको छ।