गृह मन्त्री ओमप्रकाश अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस भएका छन्।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्री अर्याललाई राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्यको लागि सिफारिस गर्ने निर्णय गरेको हो। यस सिफारिससँगै गृहमन्त्री अर्यालको राष्ट्रिय सभा सदस्यमा मनोनयन प्रक्रिया अगाडि बढ्नेछ।