काठमाडौँ । अन्तरराष्ट्रिय प्रतियोगितामा दोहोरो स्वर्ण जितेका नेपाली उमा कुङफु खेलाडी सुजन कक्षपतिले ले पहिलो पटक सो प्रतियोगितामा भाग लिएका हुन्
।
नेपाल उमा कुङफु सङ्घका अध्यक्ष एवं डब्लुएमएसी नेपाल च्याप्टरका महासचिव सञ्जीतकुमार राईले जर्मनीमा भएको ब्याटल अफ बभेरियामा सुजनले दुई फरक विधामा स्वर्ण पदक जितेको जानकारी दिए । वर्ल्ड मार्सल आट्र्स कमिटी (डब्लुएमएसी) द्वारा आयोजित उक्त प्रतियोगितामा सुजनले चाइनिज क्रिएटिभ फम र ट्रेडिसनल फम विथ वेपनमा प्रतिस्पर्धा गरेका थिए । चाइनिज क्रिएटिभ फममा सुजनले २३।०२ अङ्क प्राप्त गरे । यो स्पर्धामा पाँच जना सहभागी थिए । सात खेलाडीले भाग लिएको ट्रेडिसनल फम विथ वेपनमा सुजनले २२।५८ अङ्क पाएका थिए ।
प्रतियोगितामा नेपालसहित १० राष्ट्रका एक हजार २०० खेलाडीको सहभागिता रहेको सङ्घले जनाएको छ । उमा कुङफु च्याम्पियनसिपमा सुजनले सातौँ राष्ट्रिय प्रतियोगितामा रजत पदक प्राप्त गरेका थिए ।