काठमाडौैं । शेयर बजार परिसुचक नेप्से पुन खुम्चिएको छ । अघिल्लो दिन चार दशमलव ४५ अंकले उकालो लागेको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार २६ दशमलव सात अंकले ओरालो लागेर २७ सय ९८ दशमलव ८३ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ३८ अंकले ओरालो लागेर चार सय ८० दशमलव ४१ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ४५ वटा कम्पनीहरुको एक लाख दुई हजार सात सय ५९ पटकको कारोबारमा तीन करोड सात लाख ९० हजार दुई सय ११ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार ८८ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको छन् । जसमध्ये उत्पादनमुलक उपसमुहको सुचक बढेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक खुम्चिएका छन् ।