गत भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनपछि पूर्व प्रधानन्यनयाधीश श्रीमान् सुशीला कार्की ज्यूको नेतृत्वमा बनेको सरकारले गरेको निर्वाचन सकिएको दुई हप्ता पुग्न आँटेको छ । साथै, उक्त निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अत्यधिक बहुमत दुईसिट कम दुईतिहाइ) प्राप्त गरेको हुनाले रास्वपाका वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह (बालेन शाह) ज्यूको नेतृत्वमा चाँडै नयाँ सरकार बन्दै छ ।
हुन पनि फागुन गत २१ मा भएको निर्वाचनमा निर्वाचन हुुनुअघि केही राजनीतिक पार्टीका ठूला तथा मझौला मानिएका, भनिएका नेताहरू ठूल्ठूलो स्वरमा हुँकार गर्ने गर्थे । हार्नु हुन्छ कि जित्नु हुन्छ ? भनी प्रश्न गर्ने पत्रकारलाई उल्टै मैले हार्ने, तपाईँलाई कसले भन्यो ? मैलै हार्छु भनेर ? भनी प्रतिप्रश्न गर्ने हजार मत ल्याएर जित्छु भन्ने ठूला राजनीतिक पार्टीका ठूलै नेताहरूले समेत आफूले प्रतिस्पर्धी नै नमानेको, भुसुनासरह ठानेको उम्मदेवारसँग ३,४,५, डबलको मतान्तरले हारे । निर्वाचनमा तपाईको पार्टी कति सिट जित्छ ? भनेर प्रश्न गर्ने पत्रकारलाई हप्काउँदै सजिलैसँग प्रत्यक्षमा ७०, ७५, ८० सिट काट्छ । समानुपातिकमा पनि ४५, ५० ५५ सिट काट्छ, सके अत्यधिक बहुमत नै आउँछ, नसके साधारण बहुमत त सजिलै आउँछ मेरो पार्टीलाई भन्थे ‘बरा–विचरा !’ ती भयंकर ठूला राजनीतिक पार्टी र ठूलै नेता भनिएकाहरू । हुन पनि निर्वाचनको प्रचारप्रसार गर्न र भोट माग्दा जाँदा कुनै जनताले प्रश्न गर्यो कि संयम भएर सही जवाफ दिनु, चित्त बुझ्दो ढंगले जवाफ दिनुको सट्टामा त्यसरी प्रश्न गर्ने जनतालाई उल्टै ठूल्ठूलो स्वरमा तपाईँ बढ्ता जान्ने भएको हो ? तपाईँ नेता कि, म नेता ? भनेर हप्काएको समेत देखिन्थ्यो, स्थानीयस्तरका जनतालाई । निर्वाचन परिणाम हेर्दा के देखिन्छ भने, सायद धेरै जसो जनताले आफूले गरेको सही प्रश्नको जवाफ संयम भएर सही ढंगले उत्तर दिनु, चित्त बुझाउनुको सट्टामा उल्टै ठूल्ठूलो स्वरमा तपाईँ बढ्ता जान्ने भएको हो ? तपाईँ नेता कि, म नेता ? भनेर हप्काएको बदला लिने दिन कुरेर बसेका थिए । निर्वाचन परिणामले त्यही भन्छ । हुनत भयंकर ठूला राजनीतिक पार्टी र ठूलै नेता भनिएकाहरूले निर्वाचनमा शर्मनाक ढंगले हार भएपछि धन्य ‘हामीलाई एआईले हरायो, विदेशीले हरायो, हामीलाई नेपाली जनताले हराएकै होइन !
जेहोस्, हालै सम्पन्न भएको निर्वाचनमा विभिन्न राजनीतिक दलले आ–आफ्नो ‘प्रतिज्ञापत्र, वाचापत्र, करारनामा, प्रतिवद्धतापत्र, घोषणापत्र’ जाहेरपत्र आदिमा नेपालको पर्यटन क्षेत्रलाई जे–जे गर्ने भनेर उल्लेख गरेका थिए, त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टीबाहेकको अन्य राजनीतिक पार्टीले धेरै सानो संख्यामा प्रतिपक्षमा बस्ने भएकोले सायद् तिनीहरूले यसो गर्छु, उसो गर्छु भनेर पर्यटन सम्बन्धका विषयलाई केलाई रहन, उल्लेख गरिरहन परोइन क्यारे ! तर अब राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ साँच्चै नै सरकार बनउने भएको गर्दा उसले सार्वजनिक गरेको वाचापत्र अर्थात् करारनामा समग्र नेपाल पर्यटनसम्बन्धी उल्लेख गरेको विषयलाई व्यवहारा लागू गर्ने दिन आएको छ । त्यसैले सर्वप्रथम त विदेशी पर्यटकको संख्या बढाउनका लागि लगभग तीन–चार वर्षअघि बनेको, ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंपूर्ण क्षमतामा नचलेको अथवा कहिलेकाहीँ मात्रै चलेको, चल्दै नचलेको भैरहवाको लुम्बिनीस्थित ‘गौतम बुद्ध’ क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्लथका साथै पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्लथ चलाउनलाई कूटनीतिक रुपमा पहल गर्ने कुरोलाई सबैभन्दा पहिले रास्वपाले ध्यान दिनुपर्ने हुन्छ । साथै ती विमानस्थलहरूलाई पूर्ण क्षमतामा चलाउन के गर्ने ? सो सम्बन्धमा पनि नीतिगत निर्णय र पहल कदमी लिनेबारे सोच्नुपर्ने हुन्छ । अब बन्ने सरकारले चाहेमा त्यो कुरो सहजै सम्भव हुन्छ ।
खासमा रास्वपाको सरकारले विगतमा भएका विभिन्न देशहरूसँगको सीधा हवाइ सञ्चालन र हवाइ उडान विस्तारसम्बन्धी सम्झौतालाई पनि लागू गर्न पहल गरेमा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या अवश्य ठूलो पैमानामा बढ्नेमा कुनै शंका छैन । साथै सन् २०१३ देखि जारी रहेको युरोपियन युनियन सम्बद्ध देशमा नेपाली वायु सेवाको हवाइ उडान प्रतिबन्ध र ती देशका वायु सेवा कम्पनीहरूले पनि नेपालमा उडान गर्न नपाउने विद्यमान स्थितिलाई पनि हामीले तत्कालै सुल्झाउन सकेमा ‘सुनमा सुगन्ध’ हुने छ । त्यसका लागि पनि ‘युरोपियन उड्डयन आयोग’सँग टूकतीनिक रुपमा पुनः कुरो चलाउनुपर्ने हुन्छ । साथै, नेपालको संघीय संसदबाट पारित भएर गएको र, राष्ट्रिय सभामा अड्केको नेपालको हवाइ सेवा सञ्चालन र नियमनसम्बन्धी अलग–अलग निकाय हुनुपर्ने भन्ने विधेयक पनि सक्दो चाँडो पास गरेर ऐन बनाउनुपर्ने हुन्छ । वास्तवमा भन्नु पर्दा युरोपियन आकाशमा नेपाली हवाइ जहाज प्रतिबन्धित हुनुको प्रमुख कारण नै नेपालमा हवाई उडान एवम् नियमन एउटै निकायले गर्नु हुन्न भन्ने माग रहेको छ, युरोपियन युनियन सम्बद्ध देशहरूको ।
हुन त ‘इन्टरनेसनल सिभिल एभिएसन अर्गनाइजेसन’ (आईकाओ) ले नेपालको हवाई सुरक्षा स्थिति औसतमा राम्रो (६० प्रतिशतभन्दा माथि) भनेको लगभग पाँच वर्ष पूरा भइसकेको छ । वास्तविकता त्यस्तो भए पनि युरोपियन युनियनअन्तर्गत रहेको ‘युरोपियन हवाइ उड्डयन आयोग’ले सन् २०१३ देखि आफ्नो आकाशमाथि नेपाली वायु सेवा कम्पनीहरूको हवाइ जहाजलाई उडान गर्न लगाउँदै आएको अस्थाई प्रतिबन्ध अर्थात् ‘ब्ल्याक लिस्ट’को राजनीतिलाई पटक–पटक (६–६ महिना) थप्दै आएको छ । त्यसैले वास्तवमै गम्भीर भएर नेपालका राजनीतिक दलहरू (फागनु २१ को निर्वाचनपछि बन्ने) को सरकार अनि विपक्षले समेत एक भएर नेपालमाथिको युरोपियन युनियन सम्बद्ध देशको हवाइ उड्डयन आयोगको प्रतिवन्धको मामिला सुल्झाउनका लागि लागिपर्ने छन् भन्ने आशा गरौं । त्यसपछि अहिले वार्षिक रुपमा आइरहेको १०–११ लाख विदेशी पर्यटकको संख्या जो छ, यो संख्या निश्चय नै बढ्दै गएर वार्षिक १२ लाख, १३ लाख, १४ लाख, १५ लाख, १७ लाख, १८ लाख, २० लाख, २२ लाख, २३ लाख, २५ लाख, २८ लाख, ३० लाख, ३५ लाख, ४० लाख, ४५ लाख, ५० लाख, गर्दै वार्षिक रुपमा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या एक करोड पुग्ने दिन पनि एक दिन अवश्य आउने छ भन्ने आशा गरौं !