काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले लाभांश वितरणको घोषणा गरेको छ । कम्पनीको यही फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजी दुई अर्ब १५ करोड रुपैयाँको पाँच प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांशसहित कुल पाँच दशमलव २६ लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको निर्णय नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृति एवं कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।