काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आहृवान गरेको छ । कम्पनीले यही चैत २४ गते कम्पनीको कार्यालय धनुषामा आफ्नो तेस्रो वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने तयारी गरेको छ ।