काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्मचारीहरुलाई सम्मान गरेको छ । १९ वर्षअघि २०६४ साल वैशाख ७ गते जम्मा ४३ जना कर्मचारीबाट विधिवत बैंकिङ सेवा सुरु गरेको बैंकमा अनवरत १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान गरेको बैकले जानकारी दिएको छ । चैत १ गते बैंकले कर्मचारीको दिनको रुपमा मनाउँदै आएको छ । बैंकले १९औं वर्ष पूरा गरी २०औं वर्षमा प्रवेश गर्न लागेको सुखद् उपलक्ष्यमा एक महिने वार्षिकोत्सवसम्बन्धी कार्यक्रमहरु आयोजना गरिरहेको छ । वैशाख ७ गते बैंकको वार्षिकोत्सवको दिन हो ।
बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गणेश राज पोखरेलले बैंकमा अविरल १० वर्ष सेवा प्रवाह गरेका ४८ जना र १५ वर्ष सेवा प्रवाह गरेका १४ जना गरी जम्मा ६२ जना कर्मचारीलाई प्रमाणपत्रसहित ‘दीर्घ सेवा सम्मान’ पदक प्रदान गरेका हुन् । बैंकमा हाल १७ सय ६४ कर्मचारीहरु कार्यरत रहेका छन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले कर्मचारीहरूलाई आफ्नो तर्फबाट सत प्रतिशत योगदान गरी बैंकलाई नयाँ उचाइमा पुर्याउन आग्रह गर्दै कर्मचारीलाई जिम्मेवार, लगनशील र प्रतिबद्ध भई आफ्नो काम तथा कर्तव्य पूरा गर्न आग्रह गरे । हालसम्म तीन सय ५६ जना कर्मचारीहरुले १० वर्ष कर्मचारी सम्मान पदक दुई सय ९० जनाले र १५ वर्ष कर्मचारी सम्मान पदक ६६ जनाले प्राप्त गरेका छन् ।
‘विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ बचत खाता सुरु गरेको छ । साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधालगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिनेसमेत ल्याएको छ । बैंकले हाल देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना दुई सयवटा शाखा, एक सय ६९ वटा एटीएम काउन्टर, तीनवटा विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग इकाइहरुबाट १९ लाख ९७ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।