काठमाडौं । शिखर पावर लिमिटेडको साधारण सेयरको बाँडफाँट कार्य सम्पन्न भएको छ । कम्पनीले मंगलबार बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडको कार्यालयमा सेयर बाँडफाँट कार्य सम्पन्न गरेको हो ।
साधारण सेयरमा २६ लाख ८७ हजार तीन सय ४७ जना आवेदकबाट दुई करोड ८८ लाख १६ हजार नौ सय ९० कित्ता सेयरको लागि आवेदन परेको थियो । जसमा ३६ हजार पाँच सय जनाको आवेदन बदर भई २६ लाख ५० हजार आठ सय ४७ जनाको सेयर आवेदन सदर भएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार कुल सदर आवेदन मध्ये एक लाख ८४ हजार दुई सय ६० जनाले १० कित्ताका दरले सेयर हात पार्दा बाँकी २४ लाख ६६ हजार पाँच सय ८७ जनाको हात खाली भएको छ । कम्पनीले फागुन १७ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि १८ लाख ४२ हजार छ कित्ता साधारण सेयरको बिक्री खुल्ला गरेको थियो ।