काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहको कुल १४ लाख ४४ हजार ८४ दशमलव ९३ कित्ता सेयर बिक्रीमा राखेको हो । प्रारम्भिक चरणमा उक्त सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिदका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको बैकले जानकारी दिएको छ ।
बैंकका अनुसार सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूलाई आवेदन पेश गर्न ३५ दिनको समय प्रदान गरिएको छ । सो अवधिभित्र इच्छुक सेयरधनीहरूले काठमाडौंको नारायणहिटी पथस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराउनुपर्ने छ । बिक्रीका लागि उपलब्ध गराइएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता एक सय छ रुपैयाँ निर्धारण गरिएको बैंकले जानकारी दिएको छ । बैंकका अनुसार निर्धारित समयसीमाभित्र संस्थापक सेयरधनीहरूबाट पर्याप्त आवेदन नपरेमा बाँकी सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने छ ।