काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर बिक्रीको आहृवान गरेको छ । कम्पनीले यही चैत्र २६ गतेबाट १०० कित्ता साधारण सेयर बराबर १० कित्ताको अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजी दुई अर्ब ३१ करोड रुपैयाँ बराबरको प्रति सेयर एक सय रुपैयाँ अंकित दरका दुई करोड ३१ लाख कित्ताको १० प्रतिशत अर्थात् २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद सेयर निष्कासनका लागि कम्पनीले फागुन १७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ फागुन १४ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरूले मात्रै यो हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । उक्त हकप्रद सेयरमा वैशाख १६ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ ।