काठमाडौं । सालमनीदेवी हाईड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको चौथो वार्षिक साधारणसभाले जारी पुँजीको २० प्रतिशतबराबरको १० लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।
कम्पनीले आईपीओमार्फत पुँजी संकलन गर्दै ऊर्जा क्षेत्रका थप परियोजना विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ । कम्पनीले हाल डोटीस्थित कापडीगाड जलविद्युत् आयोजनामार्फत ३ दशमलव ३ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ । २०७६ सालदेखि व्यवसायिक विद्युत् उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ । साथै साधारणसभाबाट कम्पनीको नयाँ सञ्चालक समिति पनि निर्वाचित भएको छ । कम्पनीको अध्यक्षमा उमा दाहाल चयन भएकी छन् भने सदस्यहरूमा पेरश दाहाल, सुभाषचन्द्र भण्डारी र डा. भिमनाथ खरेल रहेका छन् । स्वतन्त्र सञ्चालकका रूपमा ग्रेस रौनियार नियुक्त भएका छन् । अध्यक्ष उमा दाहालले आगामी दिनमा कम्पनीले अझ ठूला परियोजनाहरू अघि बढाउने जानकारी दिइन् ।