काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनीका सञ्चालक समिति अध्यक्ष शेखर गोल्छाले पदबाट राजीनामा दिएका छन् । उनले फागुन २५ गतेबाट कार्यान्वयनमा आउने गरी दिएको राजीनामालाई सञ्चालक समितिको यही चैत्र पाँच गते बसेको बैठकले औपचारिक रुपमा स्वीकृत गरेको जानकारी कम्पनीले दिएको छ ।