काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले देशभर रहेका आफ्ना एक सय आठवटा शाखा कार्यालयहरुबाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेर ‘स्मार्ट मनि टक्स २०२६’ भन्ने मूल नाराका साथ गत चैत २ देखि ८ गतेसम्म सञ्चालन भएको ग्लोबल मनि विक २०२६ मा हजारौँ सर्वसाधारण लक्षित वर्गलाई वित्तीय ज्ञान प्रदान गरेर सम्पन्न गरेको छ । यस ग्लोबल मनि विकबाट करिब छ हजार मानिस लाभान्वित भएको बैंकले जानकारी दिएको छ ।
ग्लोबल मनि विकअन्तर्गत बैंकले कोशी प्रदेशको बनिगामा, बिर्तामोड, दिक्तेल, इटहरी, गाईघाट, इनरुवा, लौकाही, दुहबी, हरिनगर, दमक, पथरी, हल्दिबारी, कञ्चनबारी २, डाँगीहाट र विराटनगर, मधेश प्रदेशको कञ्चनरूप, लोहरपट्टी, पथलैया, बर्दिबास, फतेपुर, वीरगञ्ज, महेन्द्रनगर (धनुषा), पाटो, औरही, गौशाला, धनुषाधाम, गरुडा, कल्याणपुर, लाहान, निजगढ, रामगोपालपुर, बोदेबरसाइन, र राजविराज, बागमती प्रदेशको चरिकोट, कुलेश्वर, कलंकी, ग्वार्को, बनेपा, नारायणघाट, सिनामंगल, मंगलपुर, धार्के, हेटौडा, नयाँ बानेश्वर, सिन्धुली, देवीघाट, पानीपोखरी, भैंसेपाटी, धुम्बाराही, ठसिखेल, हरिहरपुरगढी, इमाडोल, ज्यामिरे, काडाघारी, कुपण्डोल, कोटेश्वर, मनहरी, डिल्लीबजार, टोखा र थापाथली, गण्डकी प्रदेशको भोटेओडार, चामे, कावासोती, धारापानी, कोल्हुवा, बिरौटा,पोखरा, बागलुङ, अमरापुरी, अरुणखोला र दमौली, लुम्बिनी प्रदेशको जिमिरेभर, रामापुर, ओडारी, बढैयाताल, बेलाटारी, भालुही, महेशपुर, परासी, सिद्धार्थनगर, कोहलपुर, शीतलनगर, घोराही, गुलरिया, भुताहा, इमिलिया, झिमरुख, लमही, मुरगिया, तौलिहवा, तुलसीपुर, सिमलचौर, बंगलाचुली, सुनवल, रानीबगिया, भुमही र जितपुर, कर्णाली प्रदेशको जुफाल, सिमीकोट, दुल्लु, जुम्ला, डोल्पा, गमगढी, सुर्खेत र नाम्खामा तथा सुदूरपश्चिम प्रदेशको अत्तरिया, ढकारी र बझाङमा विभिन्न वित्तिय साक्षरताका कार्यक्रमको आयोजना गरी वित्तीय ज्ञान प्र्रदान गर्ने कार्य गरेको छ । यस कार्यक्रममा उपस्थित युवा तथा विद्यार्र्थीवर्गमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकाश पारिएको छ । यससँंगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बंैकिङ्गको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइएको थियो । नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बंैकिङ्ग प्रणालीकै प्रयोग गर्नसमेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ । यसबाट बैंकिङ्ग प्रणाली मजबुत हुने साथसाथै युवा र विद्यार्थीमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ ।
‘विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधालगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिनेसमेत ल्याएको छ ।
बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना दुई सयवटा शाखा, एक सय ६९ वटा एटीएम, तीनवटा विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ्ग इकाइहरुबाट २० लाख दुई हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।