काठमाडौ । नेपालमा याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले ‘चैत्र मेगा एक्सचेन्ज कार्निभल’ सञ्चालनमा ल्याएको छ ।
चैत ४ देखि हुरु भएको कार्निभल चैत्र ११ गतेसम्म सञ्चालन हुनेछ । यस अभियानले आकर्षक अफरहरूमार्फत नेपालमा स्मार्ट इलेक्ट्रिक मोबिलिटीतर्फको रूपान्तरणलाई तीव्र बनाउने उद्देश्य राखेको छ । अभियानअन्तर्गत ग्राहकहरूले याडिया ओवीन र याडिया ई८एस प्रो मोडेलहरूमा १५ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन् । साथै, प्रतिमहिना ३ हजार नौ सय ९९ रुपैयाँमा ईएमआई सुविधा पनि रहेको जनाइएको छ । उक्त एक्सचेन्ज कार्निभल नेपालभर रहेका सबै याडिया सोरुमहरूमा सञ्चालन भइरहेको छ । याडियाले विश्व बजारमा लगातार नौ वर्षसम्म बिक्रीको आधारमा नम्बर १ स्थान कायम राख्दै आएको जनाएको छ। साथै, नेपालमा पनि याडियाले इलेक्ट्रिक सवारी क्षेत्रमा अग्रणी तथा उच्च प्रदर्शन गर्ने ब्रान्डको रूपमा आफ्नो स्थान स्थापित गरेको कम्पनीको दाबी छ । कुजु नेपालका प्रतिनिधिहरूका अनुसार, यो अभियानले इलेक्ट्रिक सवारीलाई अझ किफायती, सहज र आकर्षक बनाउँदै ग्राहकहरूलाई वातावरणमैत्री यातायाततर्फ आकर्षित गर्ने लक्ष्य राखेको छ ।
इन्धनको मूल्य वृद्धि र वातावरणीय सचेतना बढ्दै गएको अवस्थामा ‘चैत्र मेगा एक्सचेन्ज कार्निभल’ले स्मार्ट, किफायती र आधुनिक सवारी खोजिरहेका ग्राहकहरूलाई विशेष आकर्षण प्रदान गर्ने अपेक्षा गरिएको छ ।