काठमाडौँ । स्थानीय बजारमा आज बुधबार सुनको मूल्य तोलामा १४ हजार ६०० ले बढेको छ । हिजो मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७३ हजार ९०० थियो भने आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।