काठमाडौं । साओमीले स्माटफोन ब्राण्ड साओमी १७ अल्ट्राको विशेष अफरसहित प्रि–अर्डर नेपालमा सुरु गरेको छ । प्रि–अर्डर अवधिमा ग्राहकहरुले साओमी १७ अल्ट्रा १६/५१२ जिबी भेरियन्टका लागि उपलब्ध रहेका तीनवटा विशेष अफरमध्ये एउटा रोज्न सक्नेछन् ।
विशेष अफरअनुसार १० हजार रुपैयाँ तत्कालै क्यासब्याक, ३९ हजार ९९९ रुपैयाँ पर्ने साओमी वाच एस ४ (४१ एमएम) २४ हजार ९९९ रुपैयाँमा उपलब्ध र १५ हजार नौ सय ९९ रुपैयाँको साओमी बड्स ५ फ्रि रहेका छन् । साथै साओमी १७ अल्ट्रा किन्ने ग्राहकहरूले बिक्रीपछि विशेष सुविधाहरू प्राप्त गर्नेछन् । यस योजनाअन्तर्गत फोन खरिद गरेको पहिलो ६ महिनासम्म एक पटक निःशुल्क स्क्रिन फेर्न पाइने सुविधा प्राप्त गर्ने छन् भने नियमित १२ महिनाको वारेन्टीमा ६ महिना थप गरी कुल १८ महिनाको वारेन्टी सुविधा पनि पाउनेछन् । यसका साथै वारेन्टी सकिएपछि गरिने मर्मतमा पनि २४ महिनासम्म कुनै सेवा शुल्क लाग्ने छैन ।
साओमी १७ अल्ट्रा कालो, सेतो र स्टारलाइट तीनवटा आकर्षक रङमा उपलब्ध छ । यो आफ्नो श्रेणाीमा सबैभन्दा पातलो र हल्का डिभाइसमध्ये एक हो, जसले लामो समयसम्म आरामदायी र उत्कृष्ट अनुभव प्रदान गर्छ । लाइकासँगको सहकार्यमा विकसित यो डिभाइसले उत्कृष्ट फोटो र भिडियो खिच्ने क्षमता राख्छ । साओमी १७ अल्ट्रामा रहेका फ्ल्यागसिप लाइका–इन्च अल्ट्रा डाइनामिक क्यामेरामा नयाँ लाइट फ्युजन १०५० एल इमेज सेन्सर र लोफिक एचडिआर टेक्नोलोजी प्रयोग गरिएको छ । यसमा लाइका २०० एमपी टेलिफोटो क्यामेरा जडान गरिएको छ । जसमा अत्याधुनिक ७५–१०० एमएम मेकानिकल अप्टिकल जुम पनि सपोर्ट गर्ने कम्पनीले जनाएको छ ।
डिभाइसमा ६००० एमएएच क्षमताको साओमी सर्ज ब्याट्री छ । जसले ९० वाट हाइपरचार्ज र ५० वाट वायरलेस हाइपरचार्ज सपोर्ट गर्नेछ । आइपी ६८ स्प्ल्यास तथा डस्ट रेसिस्टेन्स र साओमी शिल्ड ग्लास ३.० ले डिभाइसलाई सबै तिरबाट सुरक्षा प्रदान गर्नुका साथै बलियो रेसिस्टेन्स सुनिश्चित गर्ने काम गर्नेछ ।