काठमाडौं । नेपालका लागि प्रिमियम इटालियन स्कुटर ब्रान्ड भेस्पा÷एप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले नयाँ वर्ष विशेष अफर ‘नयाँ युगको नयाँ राइड’ घोषणा गरेको छ ।
कम्पनीका अनुसार यो अफर शुक्रबारदेखी देशभरका आधिकारिक भेस्पा र अप्रिलिया सोरूमहरूमा उपलब्ध हुनेछ । यस अफरअन्तर्गत, ग्राहकहरूले नगदमा खरिद आठ हजार तीन सय रुपैयाँको नगद छुट पाउनेछन् । साथै एक्सचेन्जमा १० हजार रुपैयाँको अतिरिक्त एक्सचेन्ज बोनस पनि उपलब्ध हुनेछ । यसमा बजारकै सबैभन्दा कम ४ दशमलव ९९ प्रतिशत ब्याजदरमा किस्ता सुविधा (ईएमआई) पनि रहेको छ । नयाँ वर्षको माहोल अझ रोचक बनाउन, अफर अवधिमा खरिद गर्ने हरेक ग्राहकलाई ब्रान्डेड फ्री एक्सेसरीज, जस्तैः हेल्मेट र स्कुटर कभर, उपलब्ध गराइने कम्पनीले जनाएको छ । त्यसैगरी, अभियानमा साप्ताहिक लक्की ड्र समेत समावेश गरिएको छ, जसअन्तर्गत भाग लिने ग्राहकहरूले रूपाकोट रिसोर्टमा विशेष लक्जरी गेट–वे जित्ने मौका पाउनेछन् । यसले हरेक खरिदलाई अझ रोमाञ्चक र लाभदायी बनाउने कम्पनीको भनाइ छ ।
डेल्टा अटोकर्पका मुख्य कार्यकारी अधिकृत तथा निर्देशक विजय कुमार महतोले नयाँ वर्षको सुरुवात उत्साहजनक बनाउन विशेष सुविधा सहितको अफर ल्याएको जानकारी दिए ।