गोदावरी (कैलाली) । चुरे गाउँपालिका–५ भासु गाउँमा भिरबाट लडेर वडासदस्यको मृत्यु भएको छ । चुरे गाउँपालिका–५ का ४७ वर्षीय वडासदस्य दुर्गा अर्खालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन ।

उनका अनुसार घर नजिकैको जङ्गलमा उनी बाख्रा चराउन गएका थिए तर साँझसम्म पनि घर नफर्किएपछि खोजतलास गर्दा निजको शव फेला परेको थियो । यो घटना गए रातिको हो ।