काठमाडौं जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा सडकमा उत्रिएका एमाले कार्यकर्ता र सुरक्षाकर्मीबीच तनाव चर्किँदा स्थिति केहीबेर उग्र बनेको हो।माइतीघर मण्डलाबाट नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेका प्रदर्शनकारीलाई प्रहरीले बबरमहलस्थित जिल्ला अदालत अगाडि रोक्न खोजेपछि विवाद सुरु भएको थियो। त्यसक्रममा दुवै पक्षबीच धकेलाधकेल हुँदै झडपको अवस्था सिर्जना भएको हो।
प्रदर्शनकारीहरूले नाराबाजी गर्दै अघि बढ्न खोजेपछि प्रहरीले अवरोध खडा गरेको थियो। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले बल प्रयोग गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।घटनापछि उक्त क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ भने अवस्था अझै तनावग्रस्त रहेको बताइएको छ। थप विवरण आउन बाँकी छ।