काठमाडौं , रवि लामिछाने माथि लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालय को निर्णयविरुद्ध दायर रिट अब पूर्ण इजलासमा पेश हुने भएको छ।न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमान को संयुक्त इजलासले उक्त मुद्दा पूर्ण इजलासमा पठाउने आदेश दिएको हो। अधिवक्ताहरू दिनेश त्रिपाठी, आभास रेग्मी र युवराज पौडेल लगायतले अभियोगपत्र संशोधन प्रचलित कानूनविपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।रिटमा अभियोग संशोधन प्रक्रियाले कानुनी मान्यता नपाएको र त्यसले न्यायिक प्रक्रियामा असर पार्ने जिकिर गरिएको छ। अब पूर्ण इजलासले उक्त विषयमा विस्तृत सुनुवाइ गरी अन्तिम निर्णय दिनेछ।