काठमाडौं । एनएमबी बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुर्खेतको भेरिगङ्गा नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरेको छ ।
सामाजिक विकास मन्त्रालयको आयोजना तथा करुणा फाउन्डेसन र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको सहकार्यमा सञ्चालन गरिएको ‘अपाङ्गता रूपान्तरण तथा पुनर्स्थापना साझेदारी कार्यक्रम’ अन्तर्गत ह्वील चेयर, एल्बो क्रचेस र अन्य सामग्रीहरू वितरण गरिएको हो । कार्यक्रम भेरिगङ्गा नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षता तथा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नगर उपप्रमुख अनसरा बोहरा, एनएमबी बैंकका लुम्बिनी प्रदेशका एरिया म्यानेजर रमेश रेग्मी, सुर्खेत शाखाका शाखा प्रबन्धक श्री सुमन सुवेदीलगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमका लागि एनएमबीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पाँच लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
बैंकले हाल देशभरी दुई सय दुईवटा शाखाहरू, एक सय ८४ वटा एटीएमहरू काउन्टरहरू र नौवटा एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।