काठमाडौं । नेपाल सेरामिक इन्डस्ट्री लिमिटेड र माछापुच्छ्रे क्यापिटलबीच सम्झौता भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण सेयर जारी गर्नको लागि माछापुच्छ्र्रे क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।
सम्झौता कार्यक्रममा माछापुच्छ्रे क्यापिटलका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र नेपाल सेरामिक इन्डस्ट्रीका अध्यक्ष शम्भु नाथ झाद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
माछापुच्छ्रे बैंकको सहायक कम्पनीको रूपमा रहेको माछापुच्छ्रे क्यापिटल लिमिटेडले धितोपत्र निष्कासन, बिक्री प्रबन्ध, निवेश व्यवस्थापन, संस्थागत परामर्श र सामूहिक लगानी कोषसम्बन्धी सेवा प्रदान गर्दै आएको छ । बैंकले हाल देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना दुई सयवटा शाखा, एक सय ६९ वटा एटीएम, तीन विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ्ग इकाइहरूबाट २० लाख दुई हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।