काठमाडौं । शेयर बजार परिसुचक नेप्से राताम्मै देखिएको छ । अघिल्लो दिन ७१ दशमलव शुन्य पाँच अंकले खुम्चिएर राताम्मै भएको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार पनि ४७ दशमलव ७१ अंकले ओरालो लागेर २८ सय ३१ दशमलव ३९ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ९० अंकले ओरालो लागेर चार सय ८१ दशमलव ५८ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ४१ वटा कम्पनीहरुको एक लाख ५९ हजार तीन सय २८ पटकको कारोबारमा तीन करोड १६ लाख छ हजार सात सय १७ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार एक सय ६८ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका सबै उपसमुहहरुको सुचक ओरालो लागेर शेयर बजार राताम्मै देखिएको छ ।