काठमाडौँ । देशका विभिन्न भागबाट नियमित गस्तीमा रहेको प्रहरी टोलीले नौ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार खैरो हेरोइन र छ हजार ७५० नगदसहित झापाको भद्रपुर नगरपालिका–५ नयाँबजारबाट एक, मोरङको उर्लाबारी महानगरपालिका–७ बरगाछीबाट दुई र बाराको जितपुर सिमरा उपमहानगरपालिका–१० नितनपुरबाट दुई जनालाई पक्राउ गरिएको हो ।
त्यसैगरी, वीरगञ्ज महानगरपालिका–१६ बाट दुई जना, तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारबाट एकजना र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ बाट एक जनालाई सोमबार पक्राउ गरिएको हो । प्रहरीद्वारा उनीहरुबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने एक हजार ७०० ट्रामाडोल ट्याबलेट बरामद भएको थियो ।