काठमाडौं । ‘स्मार्ट मनि टक्स’ भन्ने मूल नाराका साथ मार्च १६ देखि सुरु भएको ग्लोबल मनि विक २०२६ विश्वभरी मनाइँदै छ । सो अवसरमा सिद्धार्थ क्यापिटल लिमिटेडले नेपालका विभिन्न सहरहरूमा तथा स्नातक अध्ययनरत युवा विद्यार्थीहरू माझ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।
सो अवसरमा सिद्धार्थ क्यापिटलले काठमाडौँ, नेपालगञ्ज, विराटनगर, बुटवल, नारायणगढ र पोखरालगायतका स्थानहरूमा कार्यक्रम आयोजना गरेको छ । काठमाडौँको मृगसिरा वोर्ल्ड स्कुल, विराटनगर स्थित विराटनगर इन्टरनेसनल कलेज, नारायणगढको विरेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्ज स्थित नेपालगञ्ज बहुमुखी क्याम्पसमा सिद्धार्थ क्यापिटलको आयोजनामा तथा बुटवलको मणिमुकुन्द कलेज तथा पोखराको प्रतिभा माध्यमिक विद्यालयमा सिद्धार्थ बैंक लिमिटेडको सहकार्यमा विद्यार्थीहरूलाई लक्षित गरी वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम संचालन गरेको हो ।
वित्तीय पहुँच विस्तार र दिगो आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्य सहितका यस्ता अभियानले युवा पुस्तालाई जिम्मेवार वित्तीय निर्णय गर्न प्रेरित गर्ने विश्वास गरिएको छ ।