काठमाडौं । हाइब्रिड मोटरसाइकल यामाहा एफजेडएस एफआई हाइब्रिडको नेपालमा अध्यधिक माग भएको यामाहा नेपालले जनाएको छ ।
अत्यधिक मागका कारण आधिकारिक लन्च भएको एक हप्तामै यो मोडलका सबै युनिट बिक्री भएको कम्पनीले जनाएको छ । माग बडेपछि यामाहा नेपालले हाल एफजेडएस एफआई हाइब्रिडको अर्को ब्याचका लागि प्रि–बुकिङ खुला गरेको छ । ग्राहकहरूले प्रि–बुकिङ प्रक्रियासम्बन्धी जानकारी यामाहाका आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्महरू तथा देशभरका अधिकृत डिलरमार्फत प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले उच्च मागलाई ध्यानमा राख्दै नयाँ स्टक चाँडै उपलब्ध गराइने र इच्छुक ग्राहकहरूलाई समयमै डेलिभरी सुनिश्चित गरिने जनाएको छ । यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले राइडिङ वातावरणमा प्रविधि र माइलेजको महत्व बढिरहेकोले एफजेडएस एफआई हाइब्रिड ग्राहकहरूमा आकर्षण देखिएको बताए । उनले कम्पनी नेपाली राइडरहरूको बदलिँदो आवश्यकताअनुसार नवीन र व्यवहारिक यातायात समाधानहरू ल्याउन प्रतिबद्ध रहने पनि बताए ।
यामाहाले नयाँ उत्पादन मात्र नभई बजारमा नयाँ मापदण्ड पनि स्थापना गरेको छ । एफजेडएस एफआई हाइब्रिड को प्रारम्भिक माग उच्च भएसँगै नेपाल अझ स्मार्ट र दक्ष मोटरसाइकलिङ तर्फ स्पष्ट रूपान्तरण भइरहेको संकेत गरेको कम्पनीको दाबी छ । यसले ब्रान्ड र ग्राहक दुवैका लागि सम्भावनासहित नयाँ अध्यायको सुरुवात गरेको छ । एफजेड लिगेसीमा आधारित यस मोडललाई पावर, सुधारिएको इन्धन दक्षता र कम उत्सर्जनबीच सन्तुलन कायम गर्ने गरी डिजाइन गरिएको छ । यसले बढ्दो इन्धन मूल्य र शहरी ट्राफिक जस्ता मुख्य चुनौतीहरूलाई सम्बोधन गर्दछ । उन्नत प्रविधिबाट सुसज्जित नयाँ यसले शक्तिशाली प्रदर्शन, स्मार्ट कार्यक्षमता र उत्कृष्ट इन्धन दक्षता प्रदान गर्नेछ ।