काठमाडौं । मंगलबार बिहान काठमाडौंको सुविधानगरबाट पक्राउ गरेका काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल साँझ रिहा भएका छन् । उनलाई हाजिरी जमानीमा जिल्ला प्रहरी परिसर काठमाडौंले रिहा गरेको हो । उनीमाथि भदौ २३ र २४ गते काठमाडौंमा भएको जेन–जी आन्दोलनमा दमन गरेको आरोप लागेको छ । गौरी बहादुर कार्की नेतृत्वको छानबिन समितिले दोषी ठहर गरेको कारण उनी पक्राउ परेका हुन् ।