भक्तपुर । देशभरका एक हजार ९६६ परीक्षा केन्द्रमा यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा आज विहीबारदेखि शान्तिपूर्ण रुपमा सुरु भएको छ ।
परीक्षामा पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी भएका छन् । बिहीबार पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षामा विद्यार्थीहरु सामेल भएका छन् । परीक्षा यही चैत २९ गतेसम्म हुने छ । जापानको एक परीक्षा केन्द्रमा २३ जना विद्यार्थी सहभागी भएका छन् । परीक्षामा नियमिततर्फ चार लाख ४१ हजार ५६६ जना र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जना सहभागी छन् ।
अपाङ्गता भएकाहरुलाई तीन घण्टाको परीक्षामा अतिरिक्त समय आवश्यक पर्ने भएमा थप एक घण्टा ३० मिनेटको व्यवस्था गरिएको छ । त्यसैगरी, उनीहरुलाई लेखन सहयोगीका रूपमा कक्षा ९ सम्म अध्ययन गरेकालाई अनुमति दिइएको छ ।