काठमाडौं । मार्जिन कारोबारका लागि एक सय २३ वटा कम्पनीहरू सूचीकृत भएका छन् । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले मार्जिन कारोबारसम्बन्धी कार्यप्रकृया २०८२ अनुसार मापदण्ड पुगेका एक सय २३ वटा कम्पनीहरूको नामावली सार्वजनिक गरेको हो ।
नेप्सेका अनुसार मार्जिन कारोबारको लागि सूचीकृत कम्पनीहरूमा वाणिज्य बैंकतर्फ कृषि विकास, सिटिजन्स बैंक इन्टरनेसनल, एभरेस्ट, ग्लोबल आईएमई, हिमालयन, कुमारी, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नबिल, नेपाल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा, नेपाल एसबीआई, एनआईसी एसिया, एनएमबी, प्रभु, प्राइम कर्मसियल, सानिमा र सिद्धार्थ बैंक सूचीकृत भएका छन् । यसैगरी विकास बैंकतर्फ पनि एक्सेल, गरिमा, ग्रिन, ज्योति, कामना सेवा, लुम्बिनी, महालक्ष्मी, मुक्तिनाथ, मितेरी, सांग्रिला र साइन रेसुंगा डेभलपमेन्ट बैंक सुचीकृत भएका छन् । फाईनान्सतर्फ भने सेन्ट्रल, गुडविल, गुहेश्वरी, गोर्खाज, आईसीएफसी, मञ्जुश्री, पोखरा, रिलायन्स र श्री इन्भेस्टमेन्ट फाइनान्स सूचीकृत भएका छन् ।
नेप्सेका अनुसार लघुवित्ततर्फ भने आशा, छिमेक, डिप्रोक्स, फर्स्ट माइक्रो फाइनान्स, फरवार्ड, ग्रामीण विकास, जीवन विकास, मेरो माइक्रो फाइनान्स, नेसनल माइक्रो फाइनान्स, नेरुडे, एनआईसी एसिया, निर्धन, आरएसडीसी, साना किसान, सूर्योदय, स्वावलम्बन र स्वरोजगार लघुवित्त वित्तीय संस्था सूचीकृत भएका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मार्जिन कारोबारका लागि योग्य एक सय २३ सूचीकृत कम्पनीहरूको सूची सार्वजनिक गरेको छ । नेप्सेले ‘मार्जिन कारोबार सुविधासम्बन्धी कार्यप्रकृया, २०८२’ अनुसार आवश्यक मापदण्ड पूरा गरेका कम्पनीहरूको सूची सार्वजनिक गरिएको हो । नेप्सेका अनुसार अब ती कम्पनीहरूको सेयर धितो राखेर लगानीकर्ताले ब्रोकरमार्फत ऋण लिएर (मार्जिन लोन) थप सेयर खरिद–बिक्री गर्न सक्नेछन् । यसैगरी जीवन बीमातर्फ एसियन लाइफ, सिटिजन लाइफ, हिमालयन लाइफ, आईएमई लाइफ, लाइफ इन्स्योरेन्स कर्पोेरेसन, नेसनल लाइफ, नेपाल लाइफ, प्रभु महालक्ष्मी लाइफ, रिलायबल नेपाल लाइफ, सानिमा रिलायन्स लाइफ, सन् नेपाल लाइफ र सूर्यज्योति लाइफ सूचीकृत भएका छन् । निर्जीवन बीमा कम्पनीहरूतर्फ पनि आईजीई प्रुडेन्सीयल, नेको, नेपाल इन्स्योरेन्स, एनएलजी, प्रभु, सगरमाथा लुम्बिनी, शिखर, सिद्धार्थ प्रिमियर, युनाइटेड अजोड र सानिमा जीआईसी इन्स्योरेन्स कम्पनी सूचीकृत भएका छन् । यीबाहेक बाँकी सूचीकृत कम्पनीहरूमा भने जलविद्युत्, होटल, दूरसञ्चारलगायतका कम्पनीहरू रहेको नेप्सेको भनाइ छ । नेप्सेका अनुसार सूचीकृत भएका यी कम्पनीहरूमार्फत यही वैशाख दुई गतेबाट मार्जिन कारोबार सुरु हुनेछ ।