काठमाडौं । फोटोन मोटर्स नेपालले अनलै झापाको बिर्तामोडमा कस्टमर मिट कार्यक्रम आयोजना गरेको छ । यस कार्यक्रममार्फत झापा तथा आसपासका जिल्लाका ग्राहकहरूसँग ब्रान्डलाई अझ नजिक ल्याउने प्रयास गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा फोटोन प्रयोगकर्ताहरूले आफ्ना अनुभव, अपेक्षा र सुझावहरू प्रस्तुत गरेका थिए । यसले कम्पनीले ग्राहकहरूको आवाज सुन्ने र वास्तविक प्रतिक्रियाका आधारमा आफ्ना उत्पादन तथा सेवामा निरन्तर सुधार गर्ने प्रतिबद्धता देखाएको कम्पनीको दाबी छ । कस्टमर मिटमा पूर्वी नेपालका यातायात व्यवसायी, फ्लीट सञ्चालक तथा व्यवसायिक साझेदारहरूको सक्रिय सहभागिता रहेको थियो ।