काठमाडौं , व्यवसायी दीपक भट्टलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई केहीबेरअघि नियन्त्रणमा लिएको हो।स्रोतका अनुसार भट्टमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको थियो। सोही अनुसन्धानका क्रममा सीआईबीले उनलाई पक्राउ गरेको जनाएको छ।
यसअघि सम्पत्ति शुद्धीकरण विभागले भट्टको पासपोर्ट रोक्का गरेको थियो। विभागले उनको आर्थिक गतिविधि शंकास्पद देखिएपछि अनुसन्धान अघि बढाएको बुझिएको छ। प्रहरीले भट्टमाथिको अनुसन्धान प्रक्रिया जारी रहेको र आवश्यक थप प्रमाण संकलन भइरहेको जनाएको छ। पक्राउपछि उनलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइने सीआईबीले जानकारी दिएको छ।