काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले गए राति केएमसी अस्पतालमा उपचाररत जेनजी आन्दोलनका घाइतेलाई भेटेका छन् । मन्त्री गुरुङले चिकित्सकहरूबाट उनीहरूको स्वास्थ्यस्थितिबारे पनि जानकारी लिएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

पूर्वसांसद डा. सुनिल शर्माले घाइतेहरूलाई निःशुल्क उपचार गर्दै आएका छन् । गृहमन्त्रीले घाइतेहरुको निःशुल्क उपचार गरेकामा केएमसीका सञ्चालक डा. शर्माप्रति आभार व्यक्त गरेका छन् ।