काठमाडौं । सिटी वालेट र छिटो पैसा मर्ज हुने भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार भुक्तानी सेवा प्रदायकको रूपमा कार्य गर्न अनुमतिपत्र प्राप्त संस्थाहरू सिटी वालेट प्रा.लि. र छिटो पैसा प्रा.लि. एक आपसमा गाभिई साविकका संस्थाहरूको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिए पश्चात् बन्ने संस्थामा सर्ने गरी गाभ्न÷गाभिनका लागि अन्तिम स्वीकृति प्रदान भएअनुरुप दुवै संस्थाबाट सञ्चालन हुदै आएको भुक्तानीसम्बन्धी सम्पूर्ण कारोबार यही वैशाख तीन गते बिहीबारका दिनदेखि एकीकृत रूपमा ‘सिटी वालेट प्रा.लि.’ को नामबाट सञ्चालन हुने छ ।
‘भुक्तानी तथा फछ्र्यौट विनियमावली (पहिलो संशोधन, २०८०), २०७७’ को विनियम ३७ को उप–विनियम १३ मा भएको व्यवस्थाबमोजिम यी कम्पनीहरू मर्ज हुन लागेको राष्ट्र बैंकले जानकारी दिएको छ ।