काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको स्वतन्त्र सञ्चालकमा जनक शर्मा पौडेल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको केही दिनअघि बसेको सञ्चालक समितिको बैठकले यही चैत्र १९ गतेदेखि नै कार्यान्वयनमा आउने गरी पौडेललाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।
बैंकका अनुसार पौडेललाई पूर्व स्वतन्त्र सञ्चालक सिद्धान्त राज पाण्डेको स्थानमा नियुक्त गरिएको छ । नेपाली बैंकिङ क्षेत्रमा निकै नै खारिएका र अनुभवी बैंकरको रूपमा पौडेल चिनिन्छन् । उनले यसअघि ग्लोबल आईएमई बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरिसकेका छन् । उनले बेलायतको लन्डन स्कुल अफ कमर्सबाट एमबीए गरेका छन् ।