काठमाडौं । टायल उद्योगमा विश्वव्यापी रूपमा परिचित ब्रान्ड कजारिया ‘एसियाको सबैभन्दा आशाजनक ब्रान्ड’को रूपमा सम्मानित भएको छ ।
कम्पनीले आफ्नो उत्कृष्टताको विरासतलाई निरन्तर सुदृढ गर्दै नेपाल तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो स्थान अझ मजबुत बनाएको हो । कजारियाले प्राविधिक नवप्रवर्तन, ठूलो उत्पादन क्षमता तथा सशक्त अन्तर्राष्ट्रिय पहुँचका आधारमा आफूलाई एक प्रमुख विश्वस्तरीय ब्रान्डका रूपमा स्थापित गरेको छ । लगातार १४ वर्षसम्म ‘सुपरब्रान्ड’ उपाधि प्राप्त गरेको कजारियाले उपभोक्ताको विश्वास, स्थिरता र बजार नेतृत्वलाई प्रतिबिम्बित गर्ने उल्लेख गरेको छ । साथै कजारियाले विश्वका ८औँ ठूला टायल उत्पादक कम्पनीहरूमध्ये एकका रूपमा मान्यता प्राप्त गरेको छ । कजारिया आईएसओ ९००१ः२०१५ र आईएसओ १४००१ः२०१५ प्रमाणीकरण प्राप्त कम्पनी समेत हो । कजारियाले हालै एनएस क्वालिटी अवार्ड २०२६ प्राप्त गरेको छ । कजारियाले रमेश कर्पसँगको संयुक्त सहकार्यमा नेपालमै एक प्रमुख टायल उत्पादन उद्योग सञ्चालन गरिरहेको छ । यसको वार्षिक उत्पादन क्षमता ५.२ मिलियन वर्गमिटर रहेको छ । अत्याधुनिक प्रविधिद्वारा सशक्त कजारियाको कुल वार्षिक उत्पादन क्षमता ८१.५५ मिलियन वर्ग मिटर पुगेको छ ।
कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योगमार्फत टायल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिसकेको जनाएको छ । हाल कजारियाले नेपालभर १०० भन्दा बढी सोरूमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको छ । कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल, हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल तथा सेरामिक वाल टायल समावेश छन् । कम्पनीका अनुसार यी टायलहरू पानी तथा दाग प्रतिरोधी, बलियो, दीगो र आधुनिक डिजाइनमा उपलब्ध छन् ।