काठमाडौं । ट्रान्क्यूलिटी स्पाले ग्वार्काेस्थित रोयल ट्युलिप काठमाडौंमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखामा आधुनिक पूर्वाधार, अनुभवी थेरापिस्ट तथा गुणस्तरीय सेवाको संयोजनमार्फत ग्राहकहरुलाई विश्वस्तरीय सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यस शाखामा वेलनेसका सम्पूर्ण सुविधा जस्तैः थर्मल हाइड्रो थेरापी, परम्परागत मसाज थेरापी, गुण्स्तरीय सैलुन, स्विमिङ, तथा जिम सेवा प्रदान गरिन्छ । ट्रान्क्यूलिटी स्पाले देशभरि १८ भन्दा धेरै शाखा सञ्चालनमा ल्याइसकेको छ । द सोल्टी काठमाडौं, ¥याडिसन होटल, रमादा बाई विन्डहम, होटल शंकर, चन्द्रागिरी हिल्स रिजोर्ट, रोयल टुलिप चितवन, फिसटेल लजबाई अन्नपूर्ण, माउण्टेन ग्लोरी, सिदार्थ भिलासालगायत देशका विभिन्न प्रतिष्ठित होटलहरूमा सेवा विस्तार गरिसकेको कम्पनीले मलेसियामा पनि शाखा सञ्चालन गरेको छ । कम्पनीका प्रमुख परिचालन अधिकारी रनिल फैजुले दैनिक व्यस्त जीवनशैलीबीच शारीरिक तथा मानसिक सन्तुलन कायम राख्न स्पा तथा वेलनेस सेवाको आवश्यकता बढ्दै गएको बताए ।