काठमाडौं । अघिल्लो दिन एक सय पाँच दशमलव ५० बिन्दुले खुम्चिएको शेयर बजारमा साताको दोस्रो कारोबार दिन सोमबार यु र्टन देखिएको छ । स्टक ब्रोकर एशोसियसनका प्रतिनिधीहरुले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेसंग भेटर समग्र पुँजीबजारका बिषयमा कुराकानी गरेसंगै शेयर बजारमा युर्टन देखिएको छ । भेटका क्रममा अर्थमन्त्री वाग्लेले पुँजी बजार लागि गर्नुपर्ने सबै काम सरकारले गर्नै बताएसंगै शेयर बजारमा यसको सकारात्कम प्रभाव देखिएको हो ।
सोही आधारमा आज सोमबार शेयर बजार परिसुचक नेप्से ८३ दशमलव ३३ अंकले उकालो लागेर २७ सय ६० दशमलव दुई बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १४ दशमलव ३० अंकले उकालो लागेर चार सय ७१ दशमलव ९२ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ४५ वटा कम्पनीहरुको एक लाख २४ हजार ९३ पटकको कारोबारमा दुई करोड ५१ लाख ५५ हजार आठ सय ५४ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम १० अर्ब ९२ करोड ८५ लाख छ हजार आठ सय ६३ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकाछन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लागेर शेयर बजार पुरै हरियो भएको छ ।