पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकद्वारा दायर बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालत ले खारेज गरेको छ।न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेल को इजलासले उक्त रिट खारेज गर्दै अब उनीहरूको हिरासत अवधि थप नगर्न परमादेश जारी गरेको हो। यसअघि दुवै जनाको हिजो मात्रै तेस्रो पटक पाँच दिनका लागि म्याद थप गरिएको थियो। तर सर्वोच्चको पछिल्लो आदेशसँगै अब थप म्याद थप गर्न नपाइने भएको छ।अदालतले दिएको परमादेशअनुसार अब पाँच दिनभित्र अनुसन्धान सकेर मुद्दा अदालतमा बुझाउनुपर्नेछ। यदि तोकिएको अवधिभित्र मुद्दा दायर हुन नसकेमा उनीहरूलाई साधारण तारेख वा धरौटीमा रिहा गर्नुपर्ने स्थिति आउनेछ। सर्वोच्चको यस आदेशले अनुसन्धान प्रक्रियालाई समयसीमाभित्र निष्कर्षमा पुर्‍याउन दबाब सिर्जना गरेको छ।