काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन ओरालो लागेको छ । यसअघि पनि लगातार घट्दै आएको नेप्से अघिल्लो दिन भने स्टक ब्रोकर एसोसिएसन अफ नेपालका प्रतिनिधि र अर्थमन्त्री डा. स्वर्णीम वाग्लेको भेटपछि बढेको थियो । तर आज पुन शेयर बजार ओरालो लागेको छ ।
अघिल्लो दिन ८३ दशमलव ३३ अंकले उकालो लागेको शेयर बजार परिसुचक नेप्से आज मंगलबार पुन दुई दशमलव ६१ अंकले ओरालो लागेर २७ सय ५७ दशमलव ४० बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७८ अंकले ओरालो लागेर चार सय ७१ दशमलव १३ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ४५ वटा कम्पनीहरुको ८१ हजार पाँच सय ८२ पटकको कारोबारमा एक करोड ७४ लाख छ हजार छ सय १६ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम छ अर्ब ७३ करोड ७१ लाख ४८ हजार एक सय ५० रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकाछन् । जसमध्ये बाणिज्य बैंक, जलबिद्युत, होटल तथा पर्यटन र अन्य उपसमुहको सुचक उकालो लागेका छन् भने बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका नौं वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।